Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयुक्त भण्डारीको चेतावनी- निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छ

निर्वाचन आयुक्त भण्डारीको चेतावनी- निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छ

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाईए कडा कारबाही हुने चेतावनी दिएका छन् ।

आईतवार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिएका हुन् ।

उनले भने-  यदि निर्वाचनमा रकम लेनदेन भयो, रकम बोकेर हिडियो । निर्वाचन सामग्री र रकमको झोला बोकेर गइयो भने त्यो बरामद भयो भने उहाँहरुले निर्वाचनमा विजयी भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं भनेको छौँ हामीले । खारेजी मात्रै होइन, अर्को ६ वर्ष चुनिने प्रक्रियामा उहाँ सहभागी हुन पाउनु हुन्न ।

भण्डारीका अनुसार निर्वाचनमा नगद चलखेल गरेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था गरिएको छ । 

उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी घोषित भए पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077