Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंहदरबारमा प्रधानमन्त्री र निर्वाचन आयोगका प्रमुखबीच भेटवार्ता, माघमा राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा आयोगले आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० जना सदस्यको पदमा माघ पहिलो साता निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

संविधानको धारा ८६ को उपधारा ३ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २ सय ८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ ।

आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृग नारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ ।

यस्तै प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त, रहेकाले ती पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077