Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसंघले भन्यो - मिसाइल होइन, वार्ता नै समाधान

संयुक्त राष्ट्रसंघले भन्यो - मिसाइल होइन, वार्ता नै समाधान

शनिवार , फाल्गुण १६, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका सैन्य आक्रमणहरूको कडा निन्दा गर्दै सबै पक्षलाई संयमता अपनाई वार्ताको टेबुलमा फर्कन आग्रह गरेका छन् ।

टर्कले विज्ञप्ति जारी गर्दै भने, 'आज बिहान इजरायल र अमेरिकाद्वारा इरानमा गरिएका सैन्य आक्रमण र त्यसपछि इरानले गरेको प्रतिशोधात्मक प्रहारको म निन्दा गर्दछु। कुनै पनि सशस्त्र द्वन्द्वमा सर्वसाधारणले नै ठूलो मूल्य चुकाउनुपर्छ।'

उनले स्पष्ट पारे, 'मिसाइल र बमहरू मतभेद सुल्झाउने उपाय होइनन्।' नागरिकलाई भयानक परिणामबाट जोगाउन सबै पक्षले विवेक प्रयोग गर्न, तनाव घटाउन र तत्काल वार्तामा फर्कनुपर्ने उनको आग्रह छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्ना इरानी समकक्षी अब्बास अरागचीसँग टेलिफोन वार्ता गर्दै अमेरिका–इजरायलद्वारा इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

रुसी विदेश मन्त्रालयका अनुसार लाभरोभले सैन्य कारबाही तत्काल रोक्न आग्रह गरेका छन् र क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

रोसाटोमले इरानबाट ९४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाएको छ। यद्यपि, बुसेहर आणविक पावर प्लान्टमा आफ्ना कर्मचारीहरू अझै कार्यरत रहेको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077