Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६.०३ अंकले बढ्यो नेप्से, चार अर्बको कारोबार

६.०३ अंकले बढ्यो नेप्से, चार अर्बको कारोबार

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं। बिहीबार नेप्से झिनो ६.०३ अंकले बढेको छ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.२२ प्रतिशतले बढ्दै २६५४.९३ विन्दुमा अडिएको हो।

नेप्सेमा बिहीबार ३३५ कम्पनीको ४४ हजार २०४ पटकको कारोबारमा एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच भए। जसमा चार अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा बुधबार भने नेप्सेमा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँबराबरको कारोबार भएको थियो।

नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा चार समूहका सेयरमूल्य घटे। बाँकी नौ समूहका सेयरमूल्यमा हरियाली छाए। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.६४‚ विकास बैंक ०.१३ तथा फाइनान्स समूहको सूचक ०.७१ प्रतिशतले उकालो लाग्दा होटेल तथा पर्यटन समूह भने ०.१६ प्रतिशतले ओरालो लाग्यो।

यसैगरी जलविद्युत् ०.०५‚ लगानी ०.३५‚ जीवन बिमा ०.०३ प्रतिशतले बढे। आज उत्पादन तथा प्रशोधन ०.४१‚ लघुवित्त समूह ०.२८ र म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा १.०९‚ अन्य ०.०५ प्रतिशतले र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो। १३७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११८ कम्पनीको ओरालो लाग्यो। यसैगरी सात कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार पनि सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडकै लगानीकर्ताले कमाए। साल्पाका लगानीकर्ताले बिहीबार ९.९९ प्रतिशतले सेयरमूल्य आर्जन गरे। साल्पाको अन्तिम कारोबार मूल्य भने ५८४ रुपैयाँ कायम रह्यो।

यसैगरी एनआईबीएल डिबेन्चरका लगानीकर्ताले सेयरयुनिटको मूल्य गुमाए। यसको सेयरयुनिट ३.६० प्रतिशतले ओरालो लाग्यो।

सबैभन्दा धेरै कारोबार हुनेमा अपी पावर कम्पनी लिमिटेड रह्यो। अपीको आज ३२ करोड ६८ लाख ३२ हजार ५७४ रुपैयाँको कारोबार भयो। यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077