Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने

मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने स्पष्ट पारेको छ। 

आयोगले स्थापना गरेको कल सेन्टरमा आएका प्रश्नको जवाफ दिँदै मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सक्कल सरकारी कागजात देखाएमा मतदान गर्न पाउने स्पष्ट पारेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ का सम्बन्धित व्यवस्थाअनुसार मतदानका लागि जाँदा मतदाता परिचयपत्र साथमा लिनुपर्ने प्रावधान रहेको भए पनि सो परिचयपत्र उपलब्ध नभएको अवस्थामा अन्य वैकल्पिक कागजात प्रयोग गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात देखाएर मतदान गर्न सकिन्छ ।तर यस्तो सुविधा केवल मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि मात्र लागू हुने आयोगको स्पष्टीकरण छ।

उक्त निर्णय कार्यान्वयनसहित निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने उद्देश्यले गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन पठाइएको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077