Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हत्या आरोपित सन्दिग्धलाई नेपाल प्रवेशमा रोक, विमानस्थलबाटै फर्काइयो

हत्या आरोपित सन्दिग्धलाई नेपाल प्रवेशमा रोक, विमानस्थलबाटै फर्काइयो

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाल प्रवेश गर्न खोजेका एक सन्दिग्ध पाकिस्तानी नागरिकलाई अध्यागमन कार्यालयले ‘इन्ट्री रिफ्युज्ड’ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले इशान फैजल नाम गरेका पाकिस्तानी नागरिकलाई नेपाल प्रवेश अनुमति नदिई फिर्ता पठाएको हो। स्रोतका अनुसार उनीविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

अध्यागमनले उनलाई नेपाल प्रवेश गर्न नदिए पनि स्वास्थ्य समस्या देखिएपछि काठमाडौंको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएको छ।

उनीमाथि हत्याको आरोप रहेको स्रोतको दाबी छ। स्वास्थ्यमा सुधार आएपछि उनलाई सम्बन्धित गन्तव्यतर्फ फिर्ता पठाइने स्रोतले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077