Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धेरैले मलाई गोली हान्न खोजिरहेका छन्, कति बाँच्छु थाहा छैन : डोनाल्ड ट्रम्प

धेरैले मलाई गोली हान्न खोजिरहेका छन्, कति बाँच्छु थाहा छैन : डोनाल्ड ट्रम्प

मंगलवार , फाल्गुण १२, २०८२

वाशिङ्टन डीसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कति समय बाँच्ने भन्ने कुरा आफूलाई नै थाहा नभएको बताएका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङका क्रममा उनले भने, “म कति समय बाँच्छु थाहा छैन, किनकि धेरै मानिसहरूले मलाई गोली हान्न खोजिरहेका छन्।”

उनको यो अभिव्यक्ति दुई दिनअघि फ्लोरिडास्थित मार-ए=लागो रिसोर्टमा भएको गोलीकाण्डसँग जोडेर हेरिएको छ।

आइतबार बिहान स्थानीय समयअनुसार करिब १:३० बजे २१ वर्षीय युवकले शटगन र इन्धनको क्यान बोकेर रिसोर्टको सुरक्षित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए।

सुरक्षामा खटिएको गोप्य सेवा (सिक्रेट सर्भिस) का एजेन्टहरूले उनलाई तत्काल रोकेका थिए। सुरक्षाकर्मीहरूले बारम्बार हतियार र इन्धनको क्यान छोड्न निर्देशन दिए पनि युवकले शटगनलाई फायरिङ पोजिसनमा उठाएपछि एजेन्टहरूले जवाफी गोली चलाएका थिए।

उनी घटनास्थलमै ढलेका थिए। घटनापछि ट्रम्पको सुरक्षामा थप सतर्कता अपनाइएको जनाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077