Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से २७.५९ अंकले घट्यो, ६ अर्बको कारोबार

नेप्से २७.५९ अंकले घट्यो, ६ अर्बको कारोबार

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । 

आज नेप्से परिसूचक २७ दशमलव ५९ अंकले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.०४ प्रतिशतले घटेको हो ।

योसंगै नेप्सेमा कारोबार भएका सबै समूहका सूचक आज राताम्मे बनेका छन्।  बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ ।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार साल्पा विकास बैंक लिमिटेडमा पोजेटिभ सर्किट लाग्यो। 

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । अर्थात १० प्रतिशतले सेयरमूल्य बढेको साल्पाको अन्तिम कारोबार मूल्य भने ३९९ रुपैयाँ रह्यो। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको  ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।आँखुखोलाको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077