Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवतरणअघि टर्किस एयरलाइन्सको जहाजमा समस्या देखिएपछि ढाका डाईभर्ट

अवतरणअघि टर्किस एयरलाइन्सको जहाजमा समस्या देखिएपछि ढाका डाईभर्ट

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं। टर्कीको इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस एयरलाइन्स को विमान अवतरणको अन्तिम चरणमा प्राविधिक जटिलता देखिएपछि ओभरसुट’ गरी बंगलादेशतर्फ मोडिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयका अनुसार टीके(७२६ नम्बरको उडान काठमाडौं अवतरण गर्ने क्रममा समस्या देखिएपछि ‘ओभरसुट’ गर्दै ढाका मोडिएको हो ।

ए३३० सिरिजको वाइडबडी विमान बुधबार बिहान ११:१० बजे अवतरण गर्ने तालिका रहेको थियो भने १०:५६ बजे आसपास आइपुग्ने अनुमान गरिएको थियो।

तर अवतरणअघि विमानमा प्राविधिक समस्या आएपछि केहि समय आकाशमै होल्ड हुँदै बंगलादेशतर्फ मोडिएको थियो ।

यसअघि २१ माघमा पनि सोही एयरलाइन्सको जहाज काठमाडौंबाट उडे लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको थियो। चालकदलले जहाज १५ मिनेट होल्ड गरेर बायाँ इन्जिनका भरमा भारतको कोलकाता डाइभर्ट गरेको थियो ।

उक्त विमान केही समयअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077