Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थल बन्द

टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थल बन्द

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा बन्द गरिएको छ । टर्किस एयरलाइन्सको TK726 जहाजको पाङ्ग्रामा आगो देखिएको हो ।

विमानस्थल कार्यालयका अनुसार बिहान करिब पौने ७ बजे जहाज ल्यान्ड गर्ने क्रममा दायाँपट्टिका ह्विलमा अचानक आगो देखिएको थियो।

आगलागी देखिएलगत्तै विमानस्थलमा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो। दमकलको सहायतामा केही मिनेटमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनापछि रनवे तत्काल बन्द गरिएको छ भने जहाज हटाउने काम जारी रहेको विमानस्थल स्रोतले जनाएको छ। रनवे बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएका छन्।

विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार रहेका थिए। आगो देखिएपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077