काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौं उपत्यकासहित देशभरका धेरै स्थानमा आज विद्यालय बन्द रहेका छन् ।
अधिकांश विद्यालयले सोमबार साँझ नै विद्यार्थी तथा अभिभावकलाई सूचना पठाउँदै मंगलबार विद्यालय बन्द रहने जानकारी गराएका थिए।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले फागुन २१ गते हुने निर्वाचन स्थगित गर्नुपर्ने माग गर्दै नेपाल बन्द गरेको हो। पार्टीले निर्वाचन रोक्दै सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्न सरकारलाई आग्रह गरेको जनाएको छ।
पार्टीले स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, साथै स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क गर्नुपर्ने माग अघि सारेको छ ।