काठमाडौं। बिहीबार नेप्से एकल अंकले बढेको छ। यो साता लगातार घटेको नेप्से आज भने ८.९७ अंकले बढेको हो ।
यो साता पाँच कारोबार दिनमध्ये चार दिन नेप्से घट्दा एक दिनमात्र बढ्यो। नेप्से आइतबार १०.२५‚ सोमबार २६.०५ र मंगलबार १०.२५ र बुधबार ०.०४ अंकले घटेको थियो। अघिल्लो दिनको कारोबारको तुलनामा बिहीबार ०.३३ प्रतिशतले बढेको नेप्से २‚६७१.०७ विन्दुमा अडिएको छ।
नेप्सेमा बिहीबार ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँ बराबरको कारोबार भयो। १३ समूहको कारोबार भएकामा आठ समूहको सूचक बढे। बाँकी पाँच समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३४ तथा विकास बैंक १.१८ तथा फाइनान्स समूहको सूचक ०.३५ प्रतिशतले बढे। होटेल तथा पर्यटन समूहको सूचक १.६५ प्रतिशतले घट्यो।
यसैगरी जलविद्युत् ०.९७‚ लगानी ०.६२‚ जीवन बिमा ०.४९‚ उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढेको छ। यस्तै लघुवित्त समूह भने ०.०१ प्रतिशतले घट्दा म्युचुअल फन्डको सूचक ०.२१ प्रतिशतले बढ्यो।
निर्जीवन बिमा समूह ०.१४‚ अन्य समूह ०.२६ र व्यापार समूहको सूचक ०.०९ प्रतिशतले ओरालो लाग्यो। १३९ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको घट्यो। ६ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार सबैभन्दा धेरै मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए। मध्य भोटेकोसीको अन्तिम कारोबार मूल्य ३१३ रुपैयाँ कायम रह्यो।
यस्तै सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ७.५९ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ९०१ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा ङादी ग्रुप पावर लिमिटेड रह्यो। बिहीबार यसको ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँको कारोबार भएको छ। रिडीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ कायम रह्यो।