Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ

'विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु'

बिहिवार , माघ २९, २०८२

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ।

मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार भारत, मालदिभ्स, नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी श्रेष्ठलाई नियुक्त गरिएको हो ।

नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

श्रेष्ठले भनिन्- 'दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु  ‘समावेशी र दिगो विकासमा सहयोग पु¥याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।'

श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् । 

यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। साथै, उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण-पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप-देश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन्। एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण-पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन्।

नेपाली नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा पीएचडी उपाधि हासिल गरेकी छन् । 

एडीबी एसिया र प्रशान्त क्षेत्रमा दिगो वृद्धिलाई समर्थन गर्ने उदेश्यले सन् १९६६ मा उक्त बैंकको स्थापित गरिएको थियो ।

एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077