Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा आपराधिक तत्त्वले विध्वंस मच्चाएर आफूमाथि हत्याराको आरोप थोपरेको ओलीको आरोप

जेनजी आन्दोलनमा आपराधिक तत्त्वले विध्वंस मच्चाएर आफूमाथि हत्याराको आरोप थोपरेको ओलीको आरोप

२०७२ सालदेखि अझै पनि उनी भन्दैछन् घर–घरमा ग्यासको पाइप पुर्याउँछु

सोमवार , माघ २६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्त्वहरूले आफूमाथि लगाएका आरोप जनताले नपत्याउने दावी गरेको छ । 

झापाको गौरीगञ्जस्थित देवीगञ्जमा आज स्थानीय मतदातासँग छलफल गर्दै ओलीले भदौ २३ र २४ गते जेनजीहरूको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंस मच्चाएको दाबी गरे।

उनले भने–‘जेनजीहरूको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंस मच्चाए । तिनै तत्त्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाए । प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैन । संसद् भवन र सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीहरूले नै बनाए ।’

मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी गर्दै उनले भने–‘गोबर र गुइँठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले कुरा तोडमोड गरे । जसमा मेरो घोर आपत्ति छ ।’

उनले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने कुरामा जोड दिए। घर–घरमा ग्यासको लाइन पुर्याउने उनको विवादित अभिव्यक्तिलाई अहिले पनि ओलीले दोहोर्याउँदै आएका छन् । 

केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री बनेको तीन महिना पुगेपछि २०७२ पुस २४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए–‘अब ग्यासको बुलेट कहिले आउला भनेर हेर्ने दिन गए । अलिकति समय दिनुस्, सिलिण्डर युग अन्त्य गर्छु, हरेक घरको चूलोमा ग्याँसको पाइप जोडिदिन्छु ।’

ओलीले भनेको यही कुरालाई लिएर अहिले पनि उनीप्रति व्यंग्य भइरहेकै छ । त्यसबेलै निकै आलोचना भएको थियो । किनकि त्यसबेला भारतले नाकाबन्दी लगाएको थियो र एउटा ग्याँस सिलिण्डर लिन सर्वसाधारणले ४ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । 

तर, ओलीको पहिलो कार्यकालमा ग्याँस पाइप घर घरमा पुग्न सकेन । दोस्रो पटक प्रधानमन्त्री भएपछि पनि उनले आफूले बोलेको वाचा पूरा गर्न नसकेको आरोप खेपे । 

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट ओली नेतृत्वको एमाले सबैभन्दा ठूलो पार्टी बन्यो । त्यतिबेला घोषणा पत्रमा प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने, चिनियाँ चुच्चे रेल, हनुमाननगर–कलकत्ता पानीजहाज, काठमाडौंमा मोनो र मेट्रो रेलजस्ता दर्जनौँ पपुलिष्ट प्रतिबद्धता गरियो । 

यी सबै गफमै सिमित भएको अवस्थामा ओली अझै पनि घर–घरमा ग्यासको पाइप पुर्याउने कुरा भने दोहोर्याइ रहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077