Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

आइतवार , माघ २५, २०८२

काठमाडौं । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । 

नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम रु ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम रु ४७५ पुगेको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको ५५० थियो ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो ।

भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077