Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र अमेरिकाबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

भारत र अमेरिकाबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

शनिवार , माघ २४, २०८२

एजेन्सी । भारत र अमेरिकाले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ फेब्रुअरीमा भारतसँग सम्झौता भएको जानकारी दिए पनि विस्तृत विवरण त्यसबेला सार्वजनिक गरिएको थिएन ।

आज दुवै देशले संयुक्त वक्तव्य जारी गरी सम्झौताको औपचारिक घोषणा गरेका हुन् ।

सम्झौताअनुसार, भारतले अमेरिकाबाट आयात हुने वस्तुमा लगाइएको ५० प्रतिशत आयात शुल्क ९ट्यारिफ० घटाएर १८ प्रतिशतमा झार्नेछ ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलका अनुसार, यस सम्झौताले भारतीय निर्यातकर्ताहरूलाई लगभग ३० ट्रिलियन डलर ९४३३ खर्ब रुपैयाँ० बराबरको बजार खोल्नेछ ।

ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशअनुसार, भारतले रुसी तेलको आयात रोक्ने, अमेरिकी ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग बढाउने प्रतिबद्धता जनाएको छ ।

सम्झौताअनुसार अमेरिकी–भारतीय व्यापारमा ‘रेसिप्रोकल ट्यारिफ’ घटाइने छ र भारतीय उत्पादनमा ट्यारिफ १८ प्रतिशत कायम रहनेछ । यससँगै अन्तरिम व्यापार सम्झौताको आधारभूत रूपरेखा र केही सर्तहरू तय भइसकेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077