काठमाडौं । आजदेखि भ्यालेन्टाइन सप्ताह (प्रणय दिवस) सुरु भएको छ । प्रणय दिवसको पहिलो दिन आज रोज डे (गुलाफ दिवस) मनाइँदै छ ।
यो हप्ता प्रेम व्यक्त गर्ने विशेष समय हो, जसको सुरुवात गुलाफको फूल दिएर हुन्छ ।
मानिसहरूले आफ्ना प्रेमी, क्रश वा विशेष व्यक्तिलाई गुलाफ दिएर शब्द बिना नै भावना व्यक्त गर्छन्।
गुलाफलाई प्रेमको भाषा मानिन्छ । सप्ताह गुलाफ दिवस (फेब्रुअरी ७) हुँदै प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र अन्तमा फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ ।