Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भागमा मौसम सफा

तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भागमा मौसम सफा

बिहिवार , माघ २२, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077