काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न आज सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।
बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय आर्थिक अभावका कारण बीमा कार्यक्रम सञ्चालनमा गम्भीर समस्या देखिँदै आएको छ ।
देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढ्दै जाँदा बीमा बोर्ड पनि चर्को दबाबमा परेको छ । हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ।