Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् तपाईलाई मतदान गर्न आवश्यक पर्ने ६ प्रकारका सरकारी कागजात

यी हुन् तपाईलाई मतदान गर्न आवश्यक पर्ने ६ प्रकारका सरकारी कागजात

मंगलवार , माघ २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नका लागि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रयोग गर्न सकिने भएको छ । 

निर्वाचन आयोगले ६ सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न दिइने जनाएको छ ।

निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ ।

मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।

आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने आयोगले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077