Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सोमवार , माघ १९, २०८२

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।

देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077