Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सरकारले भन्यो–इरानमा भएकाहरु छिटो फर्किनु, भ्रमण स्थगित गर्नू

‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सरकारले भन्यो–इरानमा भएकाहरु छिटो फर्किनु, भ्रमण स्थगित गर्नू

आइतवार , माघ १८, २०८२

काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ ।

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले आज ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानमा भएकालाई छिटो फर्किन र इरान जाने तयारी गरिरहेकालाई भ्रमण स्थगित गर्न आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको  ‘ट्राभल एड्भाइजरी’ भनिएको छ–‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ ।’

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077