काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् ।
शुक्रबार काठमाडौं आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्ष गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
संघको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार समेत रहेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
थेबे गत जेठ महिनामा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका थिए। संगठनात्मक निरन्तरता कायम राख्ने क्रममा उनको बहिर्गमनपछि उनले हालका उपाध्यक्ष गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ।