Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन तयारीबारे आयोगका पदाधिकारी र गृहमन्त्रीबीच छलफल

निर्वाचन तयारीबारे आयोगका पदाधिकारी र गृहमन्त्रीबीच छलफल

बिहिवार , माघ १५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयबीच औपचारिक संवाद भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज आयोगको कार्यालयमा छलफल गरेका हुन् ।

उनीहरुबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको छ।

साथै बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक तथा सुरक्षा पक्षका विषयहरूमा विचार-विमर्श गरिएको जनाइएको छ।

बैठकमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आयोग र गृह मन्त्रालयबीच आगामी निर्वाचनलाई लिएर निरन्तर छलफल हुँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077