Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२० वाणिज्य बैंक : नविलले चार अर्ब ७५ करोड कमाउँदा लक्ष्मी सनराइज २७ करोडले ऋणात्मक

२० वाणिज्य बैंक : नविलले चार अर्ब ७५ करोड कमाउँदा लक्ष्मी सनराइज २७ करोडले ऋणात्मक

बिहिवार , माघ १५, २०८२

काठमाडौं । देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२/०८३ को ६ महिना (साउनदेखि पुस) सम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा तीन प्रतिशतले घटेको देखिन्छ।

बैंकहरूले निष्क्रिय कर्जाका लागि राख्नु पर्ने प्रावधान रकम आठ प्रतिशतले बढेपछि नाफामा गिरावट देखिएको बैंकिङ क्षेत्रका विज्ञहरुको भनाई छ ।

भदौ २३ र २४ गते भएको जेनजी आनदोलनपछि बैंकहरूको कर्जा असुलीमा थप असहज बनिरहेको छ। जसले गर्दा पनि नाफामा गिरावट आएको अनुमान गर्न सकिन्छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा ३१ अर्ब सात करोड रूपैयाँमा सीमित भएको छ।

सञ्चालनमा रहेका ९ वटा वाणिज्य बैंकको नाफा १३ देखि ४७ प्रतिशतसम्म घटेको छ भने एक वाणिज्य बैंक नोक्सानमै गएको छ।

सिद्धार्थ बैंकको नाफा सबैभन्दा धेरै १४९ प्रतिशतले बढेर एक अर्ब करोड पुगेको छ। नाफा रकमका आधारमा नबिल बैंक सबैभन्दा अग्रस्थानमा छ। नबिलको नाफा सबैभन्दा धेरै चार अर्ब ७५ करोड रूपैयाँ छ।

लक्ष्मी सनराइज बैंक भने नोक्सानमा गएको हो। लक्ष्मी सनराइजको नाफा २७ करोडले ऋणात्मक छ।

सिटिजन्स बैंकको नाफा सबैभन्दा धेरै ४७ प्रतिशतले घटेर ३५ करोडमा सीमित भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज)मा नोक्सानमै रहेको बैंकले सुधार गरेको हो।

बैंकहरूको निष्क्रिय कर्जा उच्चले बढेपछि यसको लागि राखिने प्रावधान रकम बढ्दा पनि नाफामा प्रभाव परेको हो। यसअघि बैंकहरूको निष्क्रिय कर्जा औसतमा ४.५१ प्रतिशत रहेकोमा यसपटक बढेर ५.०९ प्रतिशतसम्म छ।

धेरै बैंकको यस्तो निष्क्रिय कर्जा सात प्रतिशत माथि पुगेको छ। प्रभु, हिमालयन, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो कर्जा अनुपात सात प्रतिशतभन्दा धेरै भएको हो।

बैंकहरूको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी मात्रै चार प्रतिशतले बढेको छ। यसअघि ९२ अर्ब ५० करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकहरूको यस्तो आम्दानी ९५ अर्ब ९७ करोड रूपैयाँमा पुगेको छ।

कुमारी बैंकको यस्तो खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड पुगेको छ। नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ, एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र नेपाल बैंकको खुद ब्याज आम्दानी भने घटेको छ।

यस्तो छ वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०८२/८३ को ६ महिना ९साउनदेखि पुस० सम्मको वित्तीय विवरण (रूपैयाँ करोडमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077