Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसुवाको उत्तरी भेकमा वर्षासँगै भारी हिमपात‚ जनजीवन प्रभावित

रसुवाको उत्तरी भेकमा वर्षासँगै भारी हिमपात‚ जनजीवन प्रभावित

बुधवार , माघ १४, २०८२

रसुवा। रसुवाको उत्तरी भेकमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ।

लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाँडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज  बिहानदेखि हिमपात हुन थालेको हो।

लाङ्टाङ क्षेत्रमा करिब एक इन्च हिउँ जमेको र राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ।

यसैबीच हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ।

हाल हल्का रूपमा परिरहेको पानी क्रमशः बढ्दै जाने सम्भावना रहेकाले जमिन भिज्न गई खेतबारीमा चिसोपन बढ्ने र यसले हिउँदे बालीबाट आउने कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष ढिण्डुप तामाङले बताए । हिमपातसँगै रसुवाको उत्तरी भेगमा चिसो बढे पनि यसले पर्यटन र कृषि क्षेत्रमा दीर्घकालीन रूपमा सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ।

यसैगरी आज देशभरका विभिन्न ठाउमा हल्का बर्षादेखि भारी हिमपात भएको छ ।

गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ। आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन्। हुम्लामा पनि मंगलबार साँझदेखि फेरि हिमपात सुरु भएको छ। सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा दुई फिटभन्दा धेरै हिउँ जमेको छ।

त्यसैगरी, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, डडेलधुरा र बैतडीमा पनि मंगलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित भए पनि गहुँ बाली सप्रने हुँदा किसान खुसी बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077