Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुस्ताङमा भारी हिमपात, बुधबारसम्म पदयात्रा नगर्न जिल्ला प्रशासनको आग्रह

मुस्ताङमा भारी हिमपात, बुधबारसम्म पदयात्रा नगर्न जिल्ला प्रशासनको आग्रह

मंगलवार , कार्तिक ११, २०८२

मुस्ताङ । गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ ।

हिजो रातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले स्थानीय प्रशासनले सूचना जारी गरी पदयात्रा नगर्न आग्रह गरेको हो।

हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

यसैगरी, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँमा गएरातिदेखि नै बाक्लो हिमपात भइहेको छ।

 

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, बुधबारसम्म पदयात्रा नगर्न मुस्ताङ प्रशासनको सूचना

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077