काठमाडौं । भारी हिमपातका कारण मनाङमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
बुधबार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो ।
भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ ।
स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।