Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयोगलाई हर्कको जवाफ- लाखौँ समर्थक छन्, जाबो चुनाव प्रचारमा बालबालिकाको साहरा लिनुपर्ने खाँचो छैन

आयोगलाई हर्कको जवाफ- लाखौँ समर्थक छन्, जाबो चुनाव प्रचारमा बालबालिकाको साहरा लिनुपर्ने खाँचो छैन

बुधवार , माघ १४, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफूले चुनावी प्रचारका लागि बालबालिकाको प्रयोग नगरेको स्पष्ट पारेका छन् ।

उजुरीका आधारमा निर्वाचन आयोगले हर्कसँग चुनावी अभियानका क्रममा बालबालिकाको प्रयोग तथा उनीहरूलाई प्रचार सामग्रीसहितका टिसर्ट लगाइएको विषयमा स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जवाफ फर्काउँदै अध्यक्ष साम्पाङले आफ्नो लाखौँ समर्थक रहेको दाबी गर्दै प्रचारका लागि बालबालिकाको प्रयोग नगरेको स्पष्ट पारेका हुन् ।

उनले स्पष्टीकरण दिँदै भनेका छन्- 'लाखौँ समर्थक भएको मलाई जाबो चुनाव प्रचार गर्नकै लागि बालबालिका केटाकेटीको साहरा लिनुपर्ने के नै खाँचो छ र ! वयस्क त प्रौढहरुलाई त अह्राउन त भ्याउँदिन, हजारौँ जनाको चुनाव परिचालन समिति रहेको छ ! मलाई जनशक्तिको अभाव छैन । मलाई जनशक्तिको अभाव नभएकाले बालबालिकाको मद्दत लिनुपर्ने कुरै आउँदैन । आमाबाबालाई पछ्याएरु आएका हुन सक्छन् जसको मलाई कुनै जानकारी छैन ।'

सुनसरी क्षेत्र १ का उम्मेदवार समेत रहेका साम्पाङले विदेशमा रहेका नेपालीहरुले आफ्नो फोटो अंकित टिशर्ट छपाइदिएकाले त्यही टिशर्ट बालबालिकाले लगाएको समेत बताए ।

निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्दै आयोगमा पाँच प्रतिनिधि सभा सदस्यका उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो ।

त्यहीउजुरीका आधारमा आयोगले मंगलबार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कमल भुसाल (निकोलस), भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत र भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक)लाई आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण पेश गर्न भनेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077