Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

बिहिवार , माघ ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्‌को बैठक जारी छ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा केहिबेर अघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल भइरहेको बताइएको छ।

त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचन प्रक्रियामा केन्द्रित भएको वर्तमान अवस्थाबारे समेत विचार-विमर्श हुने सम्भावना छ।

यस्तै चुनावी सरकारका चार जना मन्त्रीले पदबाट अलग भई निर्वाचन अभियानमा सक्रिय भएको सन्दर्भमा उत्पन्न अवस्थाको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी रणनीतिबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077