Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे आयोगमा छलफल

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे आयोगमा छलफल

बिहिवार , माघ ८, २०८२

काठमाडौं । निर्वाचन आयोगको कार्यालयमा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।

विहीबार बसेको बैठकमा आगामी निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको छ ।

साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गर्ने विषयमा छलफल केन्द्रित थियो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै निर्वाचन आयोगका पदाधिकारीहरूको सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077