Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेढ करोड बुझाएर अमेरिका पुगेका पनि डिपोर्ट

डेढ करोड बुझाएर अमेरिका पुगेका पनि डिपोर्ट

बुधवार , माघ ७, २०८२

काठमाडौं । अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानूनको परिपालन नगरेका भन्दै एकै दिन थप ८० जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याएर छाडिदिएको हो ।

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानूनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानून उल्लंघन गरेको जनाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेका छन् । ती विद्यार्थीलाई ओभर स्टे भनेर डिपोर्ट गरिएको बुझिएको छ ।

बाँकी भने अवैध बाटोबाट अमेरिका जानेहरु रहेको ब्यूरोले जनाएको छ । यसरी अमेरिका छिर्नेहरूले डेढ करोड रुपैयाँसम्म बुझाएको पाइएको स्रोत बताउँछ ।

डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

यसअघि पनि अमेरिकाले पटक–पटक नेपालीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ ।

पुस ३ गते विहिबार अमेरिकाले ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको थियो । त्यतिबेला डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष थिए । उनीहरू अधिकांश अवैध बाटो हुँदै अमेरिका गएकाहरू रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको थियो ।

त्यसअघि अमेरिकाले मंसिर २ गते ३५ जना, भदौ १९ गते १९ जना र जेठ २५ गते ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै चार सय बढी नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० गतेदेखि अमेरिका सत्ता सम्हालेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077