काठमाडौं । आजै रास्वपा प्रवेश गरेका डा. अमरेश कुमार सिंहले आगामी निर्वाचनपछि बालेन्द्र शाह नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
जनकपुरधामको तरहुतियागाछीमा रास्वपाले गरेको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै अमरेशले यस्तो दाबी गरेका हुन् ।
सीता माता नेपालकै धर्तीमा समाहित भएको स्मरण गराउँदै बालेन प्रधानमन्त्री नबनेमा आफु पनि जनकपुरको माटोमै समाहित हुने समेत बताए ।
उनले भने- 'हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरकै धर्तीमा समाहित हुनेछु । बालेन प्रधानमन्त्री बनेनन् भने म यही आत्मदाह गर्नेछु ।'
उनले बालेन मधेशी पुत्र रहेको भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट समेत मागे ।