Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज माघ ५ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज माघ ५ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

सोमवार , माघ ५, २०८२

काठमाडौं । आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल ।

मेष

आज काममा उत्साह र सक्रियता देखिनेछ। कर्मक्षेत्रमा कामको शैलीलाई लिएर प्रशंसा हुनेछ। आर्थिक मामिलामा सोचविचारले खर्च र लगानी गर्दा लाभ हुनेछ। परिवारसँगको समयले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

धार्मिक र सामाजिक कार्यमा मन लाग्नेछ। तनाव व्यवस्थापन गर्नको लागि उषाकालमा ध्यानमार्फत दिनको सुरुवात गर्नुहोला। परिवारसँगको समयले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

शत्रुहरु पराजित हुनेछन्। नोकरीमा पदोन्नतिको योग रहेको छ। आर्थिक पक्ष मजबुत रहनेछ साथै नयाँ लगानीमा मन जाने योग पनि बनेको छ। दृढविश्वासी रहनाले सुरुवात गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

तुला

असन्तुलित सोचले निर्णय कठिन बनाउला त्यसैले भरोसा योग्य व्यक्तिको सल्लाहमा कार्य योजना बनाउनुहोला। पारिवारिक असन्तुष्टिले मन विरक्त हुन सक्छ तर अरुको कुरापनि सुनेर कार्य गरेमा भावनात्मक जुडाव सहजै सम्भव हुनेछ। आज दिनैभरि सिर्जनात्मक काममा मन लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

धनु

भाग्यको साथ मिल्नेछ तर व्यवहारलाई स्पष्ट राखेर कार्य गर्नुहोला। व्यवसाय वा रोजगारीमा नयाँ अवसर देखा पर्न सक्छ। स्वास्थ्य स्थिति सामान्य रहनेछ। नयाँ योजना सुरु गर्नमा हतार नगरी विचार पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

नयाँ विचार र योजनाले उत्साह बढाउनेछ तर आजै कार्यको थालनि सकेसम्म नगर्नुहोला। आर्थिक अवस्था मध्यम रहनेछ भने सामान्य खर्चको पनि योग बनेको छ। सोचेकै मित्र वा सहकर्मीबाट सहयोग प्राप्त नहुनसक्छ सचेत रहनुहोस्। साँझतिर मानसिक रूपमा आनन्दको अनुभूति हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

बृष

आध्यात्मिक गहिराइ वा अनुसन्धान र खोजमूलक कार्यमा रुचि जाग्नेछ। गरिरहेको कार्य कायम राख्दा कार्यमा सफलता मिल्नेछ। भाग्यको साथ मिल्नाले पुराना योजनाहरु पूर्ण हुने संकेत देखिन्छ तर ढिलासुस्ति भने हुनसक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट

भावनामा ढिलाइ वा चञ्चलता देखिए पनि निर्णय सोचविचार गरेपछि लिनु उपयुक्त हुनेछ। धेरै मेहनत गरेर मात्र परिणाम सकारात्मक रहनेछ तर धैर्यता नटुटाउनु उत्तम हुनेछ। पारिवारिक बिषयमा गहिरो निर्णय लिनुपर्ने अवस्था आँउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

पढाईमा नयाँ आयाम थपिन सक्ने प्रबल सम्भावना रहेको छ। बेलैमा विचार पुर्याउनाले आर्थिक स्थितिमा सुधार हुनेछ। स्वास्थ्य र खानपानमा सजग रहनु आजको लागि आवश्यक छ। धेरै कुरा सोच्नाले मन चञ्चल रहनसक्ने अवस्था छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

सफलताको शिखरमा पुग्न सहयोग गर्ने हातहरुको साथ पाईनेछ। प्रतिस्पर्धात्मक वातावरण देखिन सक्छ तर जित हजुरकै हुनेछ। लेखन र कलाजन्य क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त होला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

कामको उचित प्रतिफल मिल्नाले मनमा उमंग र स्फूर्ती रहनेछ। आर्थिक पक्ष सबल र सन्तोषजनक रहनेछ। पतिपत्नीको सम्बन्ध प्रगाढ हुने समय रहेको छ। बोलिको प्रभावले सबैक्षेत्रका काम आँटे बमोजिम हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

आर्थिक रुपमा आजको दिन शुभ रहेको छ। पेशागत क्षेत्रमा मेहनतको राम्रो परिणाम मिल्नेछ। मित्रहरुको साथले कार्य थालनीमा लाभ होला। आज पुरै दिन सुखद र आनन्दमय हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077