Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पुस ३० गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज पुस ३० गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , पौष ३०, २०८२

काठमाडौं । आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल ।

मेष

स्वास्थ्य कमजोर रहनाले कार्यक्षेत्रमा बाधा आउन सक्छ तसर्थ खानपानमा ध्यान दिनुहोला। आयस्रोत रोकिनाले केही महत्वपूर्ण योजनाहरू स्थगित गर्नुपर्ला र सोचाई अनुरुप गर्न नसकिएला। दिनको सुरुवात खिन्न मनबाट भएतापनि मध्यान्ह पछि आनन्दको अनुभूति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

प्रतिस्पर्धात्मक वा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। ऋन दिएको रकम हातलागि हुनाले मन प्रसन्न रहला। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

श्रम र समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। समय र परिस्थिति अवस्थाजन्य कुराहरुले कमजोर भएको अनुभूति हुनेछ त्यसैले चित्त स्थिर राखेर कार्य गर्नुहोला। प्रतिस्पर्धीहरूबाट आजको पुरै दिन अलि जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

तुला

व्यापार व्यवसायमा लाभ रहनेछ साथै सञ्चित रकममा वृद्धि हुनेछ। आफन्तहरूको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्ला। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

आफ्नो सानो त्रुटीले समस्या निम्त्याउनेछ तसर्थ सावधानीपूर्वक काममा हात हाल्दा फाईदा होला। सञ्चित रकम खर्च गर्नुपर्ला। निर्णय लिनुभन्दा अघि विषयवस्तुको राम्रो जानकारी राखेर मात्र निर्णय गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

मेहनत वा परिश्रमले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यवसायमा नयाँ लगानी लगाउनु पर्ला। नयाँ सुरुवात गर्ने कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

बृष

जीवनसाथीको भावनालाई बुझेर सहकार्यमा कार्य थालनि गर्नुहोला। प्रेम सम्बन्धमा भरोसा वा आफ्नोपन बढ्नेछ। पुराना समस्याहरू बल्झिनाले समस्यामा परिएला कृपया निर्णयमा हतार नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

अध्ययनमा अध्यापनमा प्रगति हुनेछ। दिन रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ। साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

धैर्य र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाउँदै नयाँ कार्यतर्फ अग्रसर हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

अरुको मात्र विश्वास गर्दा काम बिग्रिन सक्छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नाले ठूलो कार्यसम्पादन गर्न सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर

विभिन्न कामको अवसर प्राप्त हुनेछ। भूमि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आफूभन्दा ठूला वा आत्मीय जनको राम्रो साथ पाइनेछ। बोलिमा संयम राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन

आँटेको काम सम्पादन गर्न शुभ समय रहेको छ। लगनशीलता र हिम्मतले विशेष काम गर्ने अवसर प्रदान गर्नेछ। काममा समय धेरै लाग्ला समय व्यवस्थापन गर्नुहोला। घरायसी काममा धेरै खट्टिनुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077