काठमाडौं । नेपाल टेलिकमको एसएमएसका रुपमा राजनीतिक प्रकृतिका सन्देशहरु प्रवाह नगर्न अनुरोध गरेको छ ।
टेलिकमबाट स्वीकृत लिएर VAS (Value Added Services) सेवा प्रवाह गरिरहेका सेवा प्रदायकहरुलाई टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘ VAS (Value Added Services) सेवा प्रणालीमा आवद्ध भई क्ःक् मा आधारित ख्ब्क् सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको छ ।’
नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको बताउँदै टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको पनि जानकारी गराएको छ ।
‘सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पु¥याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ । आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरुलाई अनुरोध छ ।’–विज्ञप्तिमा भनिएको छ ।
नेपाल टेलिकमले सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।