Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

सोमवार , पौष २८, २०८२

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

ट्रम्पले यसअघि सैन्य कारबाही गरी गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।

मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्‍याएपछि अमेरिकी अदालतमा उनीञ माथि हतियार तथा लागुऔषध तस्करीको आरोप लगाउँदै मुद्दा चलाइएको छ ।

अमेरिकी कदमपछि भेनेजुएलामा सत्ता रिक्तताको अवस्था सिर्जना भएको भन्दै पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

aksdfmggdg-1768192780.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077