Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पुस २७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज पुस २७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , पौष २७, २०८२

काठमाडौं । आज २०८२ पुस २७ गते आइतबारको राशिफल ।

मेष

जीवनसाथीसँग भावनात्मक भाव बढ्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर साझेदारसँग असमझदारी बढ्नेछ। प्रेमीद्वारा मनपर्दो उपहार प्राप्त होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

आफ्नो अनुकूल व्यवस्था मिल्नाले मन प्रसन्न रहनेछ। अध्ययन अध्यापनमा राम्रो सफलता प्राप्त हुनेछ। आकस्मिक नसोचेको स्थानबाट धनलाभका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

सिंह

कार्यक्षेत्रमा रोकिएको कामले गति लिनेछ। ज्ञान आधारित प्रतिस्पर्धामा अघि रहीनेछ। भाग्यको साथले आर्थिक पक्षमा लाभ दिलाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला

नयाँ प्रयोगमा सफलता मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। धैर्य वा पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु

कार्यक्षेत्रमा दक्षता बढ्नेछ। राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउनु पर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

धर्मकर्ममा मन लाग्नेछ। मेहनतको परिश्रमले परिष्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

बृष

मिश्रित फलदायी दिन रहनेछ। आवश्यक कार्यलाई समयमा सम्पादन गर्ने प्रयास गर्नुहोस्। अनुबन्धहरूबाट जोडेका नयाँ खर्चहरूले चिन्ता बढाउनेछ। वित्तीय संस्थाहरूबाट लोनको प्रक्रिया अघि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

नीति नियम पालनामा विशेष ध्यान दिनुहोला। सम्बन्धहरूमा संवेदनशीलता बढ्नेछ। वरिष्ठ व्यक्तिहरूसँग व्यक्तिगत तनाव लिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

बोलिचालिमा धैर्यताले आजको दिनको रुपरेखा तैयार हुनेछ। हत्तारमा लिएका निर्णयहरूबाट हानी नोक्सानी बेहोर्नुपर्ला। पारिवारिक सम्बन्धमा आपसी समझदारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक

निर्णय लिनुभन्दा अघि दुवै पक्षको कुरा सुन्नुहोस्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

मकर

नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको जग बसाउने समय रहेको छ। चुनौती पन्छ्याउँदै कार्यक्षेत्रमा लगनशील रहनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मीन

परिणाम आशा अनुरूप नहोला। आलस्य गर्नदेखि बच्नुहोला। कार्य समयमा पूरा गर्न नसकिएला। विद्यार्थीहरूलाई अध्ययनमा एकाग्रताको कमी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077