काठमाडौं । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्।
राणा सोमबार अपराह्न २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेकी हुन्।
स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएकी हुन् । उनले एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी छन् ।
यसअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’का लागि प्रचण्ड आइतबार दिल्ली प्रस्थान गरेका थिए। उनले आज दिउँसो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रचण्डले भारत सरकारका सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटघाट गरेको जनाएको छ।
त्यससँगै केही राजनीतिक नेतृत्वसँग पनि छलफल गरेका छन्। उनी आज साँझ नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फर्किँदै छन्।