काठमाडौं । भारतीय राज्य असममा सोमबार बिहान भूकम्प गएको छ ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ४ः१७ बजे असमको मोरिगाउँ जिल्ला केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
हालसम्म कुनै पनि घाइते वा सम्पत्ति क्षतिको खबर आएको छैन।
भूकम्पको गहिराइ ५० किलोमिटर जमिनमुनि रहेको बताइएको छ । धक्काको महसुस धेरै ठाउँमा गरिएको थियो ।