Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी – अमेरिकाको कुरा नमाने मादुरोभन्दा पनि खराब हाल हुन्छ

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी – अमेरिकाको कुरा नमाने मादुरोभन्दा पनि खराब हाल हुन्छ

सोमवार , पौष २१, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन् ।

‘द अटलान्टिक’ पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको अपेक्षाअनुसार काम नगरे अन्तरिम राष्ट्रपति डेल्सीको अवस्था अपदस्थ राष्ट्रपति निकोलस मादुरोभन्दा पनि खराब हुन सक्ने बताएका हुन् ।

उनले भने, 'यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिका जो सही ठान्छ, त्यो नगरेमा उनीहरूको हाल मादुरोभन्दा पनि बढी नराम्रो हुन सक्छ।'

ट्रम्पले एक दिनअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग प्रत्यक्ष संवाद गरेको जानकारी पनि दिएका छन् ।अन्तरिम राष्ट्रपति रोड्रिगेजले मादुरोलाई सत्ताबाट हटाउने कदमको कडा आलोचना गर्दै उनको स्वदेश फिर्तीको माग गरेकी छन् ।

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई राष्ट्रपतिको सम्पूर्ण अधिकारसहित अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्न आदेश दिएको हो। अदालतको निर्णयसँगै रोड्रिगेजले औपचारिक रूपमा देशको नेतृत्व सम्हालेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077