एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरिएको सैनिक कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेको पुष्टि गर्दै अब अमेरिका नै अस्थायी रूपमा भेनेजुएला सञ्चालन गर्ने घोषणा गरेका छन् ।
फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भेनेजुएलामा स्थायित्व कायम नभएसम्म अमेरिकाले शासनको जिम्मेवारी लिने स्पष्ट पारेका हुन् ।
उनले भने, 'भेनेजुएला सुरक्षित, उपयुक्त र जिम्मेवार नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न नसकिँदासम्म हामी देश चलाउनेछौँ।'
ट्रम्पले सत्ता हस्तान्तरण प्रक्रिया अत्यन्तै सोचविचारपूर्वक गरिने उल्लेख गर्दै भेनेजुएलाका जनताको हित नै अमेरिकाको प्राथमिकता हुने दाबी गरे।