Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुद्ध एयर दुर्घटना प्रकरण : उच्चस्तरीय छानविन टोली घटनास्थलमा

बुद्ध एयर दुर्घटना प्रकरण : उच्चस्तरीय छानविन टोली घटनास्थलमा

शनिवार , पौष १९, २०८२

विराटनगर । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा छानबिन गर्न बनेको उच्चस्तरीय टोली घटनास्थल पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा बनेको उच्चस्तरीय प्राविधिक टोली भद्रपुर विमानस्थल पुगेको हो ।

शुक्रवार काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा रनवेमै दुर्घटनामा परेको थियो । रनवेबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा छानबिन गर्न छानबिन समिति गठन भएको थियो ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरको प्राविधिक समूह समेत सहभागी छन्। उनीहरूले जहाजको प्राविधिक व्यवस्थापन र घटनाको सूक्ष्म अनुसन्धानका लागि आवश्यक उपकरणहरू समेत साथमै लगेका छन्।

काठमाण्डौबाट चन्द्रगढीका लागि उडेको उडान नम्बर ९०१ को जहाज विमानस्थलमा ल्यान्ड भएपछि दुर्घटनामा परेको थियो । जहाज दुर्घटना भए पनि जहाजमा सवार ५१ जना यात्रुमध्ये केहीलाई सामान्य चोटपटक लागेको थियो।

भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएक थिए।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको थियो ।

घाइते यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जनाएको छ। कम्पनीले दुर्घटना लगत्तै उद्धारमा खटिने सुरक्षा निकाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077