Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

बिहिवार , पौष १७, २०८२

रसुवा । रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ ।

बाढीका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल बाढीले बगाएपछि गत २४ असारदेखि रसुवागढी नाका ठप्प थियो । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध थियो ।

चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने, भारवहन क्षमता बढी भएका सवारीसाधन पठाउन र ल्याउन भने सकिएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077