Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसुवागढी नाका १५ दिनका लागि बन्द हुने

रसुवागढी नाका १५ दिनका लागि बन्द हुने

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । रसुवागढी नाकामा १५ दिनका लागि व्यावसायिक कारोबार बन्द हुने भएको छ ।

स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि काम सुरु हुने भएसँगै भोलिदेखि कारोबार बन्द हुन लागेको हो।

सडक स्तरोन्नतिका लागि हरेक महिना १५ दिन सडक बन्द हुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।

अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन सडक पूर्ण रूपमा बन्द हुने उनले बताए ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

अप्रिल १ देखि चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट सुरु हुन लागेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077