Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

बुधवार , पौष १६, २०८२

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ ।

जियालाई संसद् परिसरमा उनका पति तथा बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान नजिकै राखिनेछ ।

उनको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । जियाको निधनमा बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

अन्तिम संस्कारमा ठूलो संख्यामा राजनीतिक नेता, समर्थक र सर्वसाधारण सहभागी हुनेछन् । जियाको राजकीय अन्त्येष्टिमा भाग लिन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा मंगलबार बंगलादेश गएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077