Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने - गल्ती भयो, सच्याउन अझै समय छ

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने - गल्ती भयो, सच्याउन अझै समय छ

बुधवार , पौष १६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा त्रुटी भएको बताएका छन् ।

रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई एक ठाउँमा मिलाउने हतारोमै सूचीमा गल्ती भएको उनको दाबी छ ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई समेट्ने प्रयासमा चुक भएको स्वीकार गर्दै त्यसमा सुधार प्रक्रिया अघि बढिरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ । हामी गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं भनेर उत्तर दिनुपर्छ। आशा छ— कुलमान, रवि र बालेनले समानुपातिक सूचीमा जनताले उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नुहुनेछ। मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु।’

ढकालले आफूलाई नयाँ राजनीतिक विकल्प भन्दै अन्धाधुन्ध विश्वास नगर्न नागरिकहरूलाई स्पष्ट अपिल गरेका छन्।
उनले चेतावनीस्वरूप भनेका छन्, ‘सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन।’

उनका अनुसार प्रश्न नगर्ने संस्कृति र मौन भक्ति नै राजनीतिक विकृतिको मुख्य कारण हो। ‘प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन— चाहे नयाँ हुन् चाहे पुराना। सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर मात्रै देश बन्छ,’ ढकालले उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077