Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड भन्छन्- सामाजिक सञ्जालका भाइरलहरुले देश नै कब्जा गरेको जस्तो भ्रम फैलाए

प्रचण्ड भन्छन्- सामाजिक सञ्जालका भाइरलहरुले देश नै कब्जा गरेको जस्तो भ्रम फैलाए

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा होहल्ला गर्ने इतिहासविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् ।

रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गरे ।

उनले भने- 'सामाजिक सञ्जाल हेर्‍यो भने, शहरबजारका मान्छेका होहल्ला हेर्‍यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।'

दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077