Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

उपत्यका ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

सोमवार , पौष १४, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।

सोमबार उक्त म्याजिक लाइट लायन्स क्लब अफ काठमाडौं थलीले जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै क्लवका प्रतिनिधि रुपक सिम्खडाले बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले म्याजिक लाइट उपलब्ध गराएको बताए । उनले अगामी दिनमा समेत समाजको आवश्यकताको आधारमा सुरक्षाकर्मीहरुलाई क्लबको क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न भएको चुनौतिपूर्ण अवस्थामा ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराएर ठूलो सहयोग भन्दै क्लबलाई धन्यावाद ज्ञापन गरे ।

उनले उपकरण सहयोगले ट्राफिक प्रहरीलाई पुनः सशक्त बनाउने विश्वास व्यक्त गरे ।

उनले भने- 'ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण दिएर तपाईहरुले ठुलो गुन लगाउनुभएको छ । यो कार्यका लागि तपाईलाई धन्यावाद दिन चाहान्छु । ट्राफिक प्रहरीका लागि जेनजी आन्दोलन पछाडि असाध्यै ठूलो संकटमा पर्ने स्थितिमा हुनुहुन्थ्यो । तर अहिले प्रहरी निकै बलियो भएर आइसकेको हामीले देखेका छौँ । आन्दोलनपछि सुरुमा प्रहरी पनि थिएन, सडक ट्राफिक व्यवस्थापन पनि थिएन । अहिले सामान्य हुँदै गएको छ ।'

आन्दोलनपछि केही समय प्रहरीको उपस्थिति र ट्राफिक व्यवस्थापन दुवै कमजोर भएपनि हाल स्थिति सुधारोन्मुख रहेको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077