Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेसवादी शक्तिहरू पुनः एकीकृत, जसपा र लोसपाबीच पार्टी एकीकरण

मधेसवादी शक्तिहरू पुनः एकीकृत, जसपा र लोसपाबीच पार्टी एकीकरण

आइतवार , पौष १३, २०८२

काठमाडौं । मधेस केन्द्रित दुई प्रमुख राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले औपचारिक रूपमा पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।

आइतबार काठमाडौँमा बसेको दुवै दलका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको गम्भीर विश्लेषण गर्दै एकीकरणको निर्णय गरेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता तथा सामाजिक न्यायजस्ता अग्रगामी परिवर्तनका मुद्दाहरूलाई अझ सशक्त बनाउने उद्देश्यले दुई दल एक ठाउँमा उभिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्दै जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो।'

विगतमा एउटै राजनीतिक धारबाट अघि बढेका यादव र ठाकुर नेतृत्वको समूह आन्तरिक मतभेदका कारण विभाजित भएका थिए ।

तर लामो समयपछि पुनः एकीकृत हुने निर्णयसँगै मधेसवादी राजनीति फेरि सशक्त दिशातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ। यो सहमतिसँगै अब दुवै पार्टी आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077